सरकारका कारण सदनको कामकारवाही प्रभावित भएको माओवादीको आरोप

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारका कारण सदनको कामकारवाही प्रभावित भएको आरोप लगाएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारका मन्त्रीहरु समयमा नै सदनमा उपस्थीत नहुदा सदनको कार्यसूची प्रभावित भएको भन्दै सरकारले सदनलाई हेपेको आरोप लगाएका हुन ।

सरकारकै कारण संसद्को कार्यसूची आउने र पछि कार्यसूचीमा आएको विषय हटाउने काम भइरहेको उनले बताए । उनले बजेटको मन्त्रालयगत छलफलमा सम्बन्धीत मन्त्रीहरु उपस्थीत नहुनुले प्रतिनिधिसभाको नियमावलीको उलंघन भएको धारणा राखे ।

पाण्डेले विनियोजन विधेयकको पुस्तक समयमा उपलब्ध नहुँदा छलफलमा समेत समस्या भइरहेको पनि बताए । त्यस्तै कांग्रेस सांसद रामहरि खतिवडाले पनि कार्यसूची अनुसार सम्बन्धित मन्त्रीहरु बैठकमा उपस्थित नभएका कारण छलफल अगाडी बढाउन नमिल्ने उल्लेख गरेका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएका युवा तथा खेलकुद र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग सम्बन्धित विषयमाथिको छलफल कार्यसूचीबाट हटाएका हुन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्