नीलो रिबन र कालो लुगा लगाएर रास्वपा सांसदहरुले स्टन्ड गर्न खाजे :बर्तौला

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षीसंग सहमति भइसकेकाले अन्य दलसंग सहमति गर्नु आवश्यक नरहेको बताएका छन ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले माओवादीसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन अघि बढ्ने भन्दै दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै नहिँड्ने बताएका हुन । उनले भिजिट भिसा प्रकरणमा माओवादीसंग भएको सहमतिबाटै समस्याको समाधान हुने स्पष्ट पारे ।

संसदीय प्रणालीमा मुख्य बिपक्षी दल नै मुख्य हुने भएकाले माओवादीसंग भएको समझदारी बमोजिम नै सदन अघि बढिरहेको उनले बताए ।

त्यस्तै बर्तौलाले रास्वपाले उठाएका बिषयलाई समाधान गर्न सरकारले नै प्रतिवद्धता जनाइसकेको अवस्थामा नीलो रिबन र कालो लुगा लगाएर रास्वपाका सांसदहरुले स्टन्ड गर्न खाजेको जिकिर गरे ।

संसदीय पद्धतीलाई ग्रहण गर्न रास्वपा असफल देखिएको उनको भनाइ छ । उनले रास्वपाका सांसदहरुको शैलीले स्वयं रास्वपालाई निल्ने तर्क गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्