प्रधानमन्त्रीसँगको प्रश्नोत्तर प्रभावित नपार्न रास्वपालाई सभामुखको आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ६ असार । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध नगर्न आग्रह गरेका छन्।

रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

‘सभामुख देवराज घिमिरेले प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने बताउँदै विरोधको स्वरूप बदल्न आग्रह गर्नुभएको छ,’ सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

सभामुखको आग्रहलाई रास्वपाले अस्वीकार गरेको र आफ्नो विरोध जारी रहने जानकारी दिएको अधिकारीले बताए।

रास्वपाको अवरोधका कारण प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित हुने देखिएको अधिकारीको बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्