त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपालले नेदरल्यान्ड्स सँग खेल्दै

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौ, ५ असार । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल ग्लास्गोमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

यसअघि हिजोको खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई १७ रनले हराएको छ । घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीच शृङ्खला भइरहेको हो ।

शृङ्खलाको पहिलो खेलमा आइतवार स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । सोमवार भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा अस्ति स्कटल्यान्डलाई २ विकेटले हराएको थियो ।

टी–२० शृङ्खलामा नेपालले अन्तिम खेल भोलि घरेलु टोलीसँग खेल्नेछ । तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अङ्क हुने टोली शृङ्खलाको विजेता बन्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्