काठमाडौं, ४ जेठ । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरपछि सुरु हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यसअघिआगामीअसार १५ गते बस्नेगरी तय भएको बैठक अगाडि नै बोलाइएकोले आकस्मिक बैठक भनिएको मुख्यसचिव पौडेलले बताए।
पौडेलकाअनुसार बैठकले कांग्रेसका पूर्वसांसद ढुण्डिराज शास्त्री पौडेलको निधन प्रतिशोक प्रस्ताव पारित गर्नेछ। पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।











