काठमाडौं, ४ जेठ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ । ६५ रुपैयाँले बढेको चाँदीको मूल्य तोलाको दुई हजार २ सय २५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।











