लोकतन्त्र सम्बन्धी उच्चस्तरीय संवादका लागि उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ असार। उपसभामुख इन्दिरा राना मगर दक्षिण अफ्रिका प्रस्थान गरेकी छन् । चार दिने भ्रमणका लागि उनी बुधबार बिहान दक्षिण अफ्रिका प्रस्थान गरेकी हुन् ।

दक्षिण अफ्रिकाको प्रिटोरिया शहरमा आयोजित लोकतन्त्र सम्बन्धी उच्चस्तरीय संवादमा भाग लिन उपसभामुख राना दक्षिण अफ्रिका गएकी हुन् ।

उनले इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एन्ड इलेक्टोरल असिस्टेन्स९आइडिइए०, ओपन सोसाइटी फाउन्डेसन र दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको आयोजनामा जुन १९ र २० मा हुने ‘अफ्रिकामा लोकतन्त्रको पुनःपरिकल्पना, विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’। विषयक उच्चस्तरीय संवादमा भाग लिने जानकारी दिइएको छ । राना आउँदो ८ जेठमा स्वदेश फर्कने कार्यक्रम छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्