मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप यहि असार असार ६ र ७ गते काठमाडौंमा आयोजना हुने भएको छ ।

काठमाडौं महानगरपालिका वडा–२२ को आयोजनामा राष्ट्रिय सभागृहमा मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप हुने मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । काठमाडौं महानगरपालिका वडा–२२ ले प्रतियोगिताको सम्पूर्ण तयार पुरा भइसकेको जनाएको छ ।

प्रतियोगितामा काठमाडौं महानगरका ३२ वटै वडामा रहेका स्थायी र अस्थायी रूपमा बसोबास गर्ने खेलाडीले प्रतिस्पर्धा जनाउने प्रतियोगिताका संयोजक ईश्वर श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा पुरुष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछन् । प्रत्येक तौल समूहका विजेता, उपविजेता र तेस्रो हुने खेलाडीले क्रमशः ७५, ५० र २५ हजार रुपैयाँ नगद पुस्कार प्रदान गरिएको श्रेष्ठले बताए ।

काठमाडौ महानगर वडा–२२ का अध्यक्ष चिनिकाजी महर्जनले महानगरमा खेल क्षेत्रलाई प्रोत्साहन गर्नका लागि पहिलोपटक बडिबिल्डिङ प्रतियोगिता आयोजना गरिन लागिएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्