काठमाडौं, ३ जेठ । रास्वपाले संसद अवरोध जारी राखेको विषयमा सभामुखले बानेश्वरमा प्रमुख पाँच दलका सचेतकहरूसँग छलफल गरेका छन् ।
छलफलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन् ।











