काठमाण्डौं, २ असार । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । जसअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । आज (सोमबार) पनि छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको छ ।












