प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित

खबर बुक
  • ख-
  • ख+

काडमाडौं, असार १ । विरोधकै विच अघि बढेको प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आइतबारको बैठकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले प्रतिनिधिसभाको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रतिवेदन पेस गरेका छन ।

त्यस्तै राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा पुगेको ‘पानी जहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१’ टेबुल भयो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गरे ।

बजेटको सैद्धान्तिक छलफलमा कांग्रेसका तर्फबाट डा। प्रकाशशरण महत, एमालेका तर्फबाट भीम आचार्य, माओवादीका तर्फबाट वर्षमान पुन र एकीकृत समाजवादीका तर्फबाट राजेन्द्र पाण्डेले भाग लिए । आजको बैठकमा भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनु पर्ने र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्