नेपाली बजारमा सुनको मूल्य पुनः उकालो, चाँदी स्थिर

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ ।नेपाली बजारमा आइतबार सुनको मूल्य पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलाको १ लाख ९७ हजार १०० रुपैयाँ रहेको छापावाल सुन आइतबार ४०० रुपैयाँले वृद्धि भई १ लाख ९७ हजार ५०० रुपैयाँ पुगेको हो।

त्यसैगरी, छापावाल सुनको मूल्य प्रति १० ग्राममा १ लाख ६९ हजार ३२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनको मूल्य लगातार उकालो लागिरहेको सन्दर्भमा, उपभोक्तामाझ चासो बढ्दो छ। अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै माग र आपूर्तिमा देखिएको असन्तुलनले पनि मूल्यमा प्रभाव पारिरहेको व्यवसायीहरू बताउँछन्।

यसैबीच, चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार तोलाको २ हजार १६५ रुपैयाँ कायम भएको चाँदी आइतबार पनि सोही मूल्यमै कारोबार भइरहेको महासंघले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्