भारतको विमान दुर्घटनामा छैनन् नेपाली यात्रु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । भारतको अहमदाबादबाट बेलायतको लण्डन जाँदै गरेको एयर इण्डियाको विमानमा सवार २४२ जनामध्ये नेपाली यात्रु नभएको खुलेको छ।

विमान दुर्घटना हु्ँदा नेपाली नागरिकसमेत सवार हुनसक्ने आंकलन गरिएको थियो। नेपाली दूतावासले भारतीय अधिकारीसँग समन्वय गरी नेपाली यात्रुबारे जानकारी लिएको थियो।

विमानमा कूल २४२ जना यात्रु सवार थिए। जसमा १६९ जना भारतीय नागरिक रहेका थिए। यस्तै, ५३ जना बेलायती नागरिक, ७ जना पोर्चुगाली र एक जना क्यानडेली नागरिक रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ।

विमानस्थलबाट लन्डनका लागि उडेकोलगत्तै खसेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्