काठमाडौं । लगातार दुई दिन हरियाली भएको सेयर बजार बुधबार गिरावट आएको छ।
साताको चौथो कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १३ अंकले गिरावट आएको हो। सेयर बजारमा गिरावट भएसँगै आज २६६४ विन्दुमा रोकिएको छ।
सेयर बजार गिरावट भएसँगै कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार सवा १० अर्ब कारोबार भएको सेयर बजार बुधबार पौने १० अर्बमा खुम्चिएको हो।
कारोबारका आधार आज ७७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ। यता, १७० कम्पनीको सेयर मूल्य गिरावट हुँदा एक कम्पनीको सेयर स्थिर भएको छ।
यस्तै, तीन कम्पनीको सेयर मूल्यले सकारात्मक सर्किट लागेको छ। जसमा पुरे इनर्जी लिमिटेड, स्यानेर्जी पावर डेभलपमेन्ट लिमिटेड र बुटवल पावर कम्पनी लिमिटेड रहेका छन्। यसैगरी, सप्तकोशी विकास बैंकको सेयर मूल्य सबैभन्दा बढी गिरावट आएको छ।











