पाराग्वेलाई हराउदै ब्राजिल फिफा विश्वकपमा छनोट

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौ, २८ जेठ । ब्राजिल फिफा विश्वकप फुटबल २०२६ का लागि पाराग्वेलाई हराउदै छनोट भएको छ । घरेलु मैदान साओ पाउलोमा भएको खेलमा ब्राजिलले पाराग्वेलाई १–० गोलले हरायो ।

ब्राजिलको जीतमा भिनिसियस जुनियरले खेलको ४४औं मिनेटमा गोल गरे । योसँगै ब्राजिल सबै संस्करणको फिफा विश्वकपमा छनोट हुने एकमात्र टोली बनेको छ ।

आज पेरुसँग गोलरहित बराबरी खेल्दै इक्वेडर छनोट भएको हो । यस्तै दक्षिण अमेरिकाबाट अर्जेन्टिना यसअघि नै छनोट भइसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्