सरकारले ल्याएको बजेटका कतिपय कुरामा चित्तै बुझेको छैन -सभापति देउवा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, जेठ २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफुलाई चित्त नबुझेको बताउनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय आपूर्ति तथा उपभोक्ता बिभागले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले अहिलेको नेपालको अवस्थालाई हेर्दा सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफु र पार्टीलाई चित्त नबुझेको बताउनुभएको हो ।

उहाले नेपाल–भारतको खुला सीमाका कारण तस्करी हुने गरेको भन्दै कडाई गर्न जरुरी रहेको धारणा राख्नुभयो । सभापति देउवाले सुनको आयातलाई पूर्णरुपमा खुला गरे लुकिछीपी ल्याउने काम बन्द हुने उल्लेख गर्नुभयो । उहाले भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक आयोग विद्यमान रहेकाले यसलाई प्रभावकारी बनाएर भ्रष्टाचार न्यूनिकरण गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाले उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरालाई सरकारले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्