काठमाडौं, जेठ २६ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण सोमबार पनि सदन चल्न नसकेको बताउनुभएको छ ।
सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले प्रतिपक्ष लचिलो भएर छलफलमा बसेपनि सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण सहमति जुट्न नसेको बताउनुभएको हो ।
गृहमन्त्रीको राजीनामा र छानविन समिति गठन गर्नुपर्ने आफुहरुको मागको बिषयलाई सत्तापक्षले बेवास्ता गरेको उहाले बताउनुभयो । दाहालले प्रतिपक्षीले उठाएका मागका बारेमा एमाले र खासगरि प्रधानमन्त्री केपी शर्मा ओली उदाशिन देखिएको आरोप लगाउनुभयो ।
सहमतिका लागि प्रतिपक्षी जिम्मेवार बनेको र सवै प्रतिपक्षी दल एकै ठाँउ रहेको उहाले बताउनुभयो । सांसद दाहालले मंगलबार दिनभर छलफल गरेर सहमतिको अधिकतम प्रयास गर्ने जिकिर गर्नुभयो ।












