भाले गैँडा ‘माइला’ सदर चिडियाखाना ललितपुर ल्याइयाे

खबर बुक
  • ख-
  • ख+

ललितपुर, २५ जेठ ।  चितवन राष्ट्रिय निकुञ्जबाट २३ महिनाको भाले गैँडा ‘माइला’ लाई सदर चिडियाखाना ललितपुर ल्याइएको छ ।

सौराहामा रहेको प्राकृतिक संरक्षण कोषमा हुर्काइएको भाले गैँडालाई सदर चिडियाखानामा नयाँ सदस्यको रुपमा ल्याइएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जमा टुहुरो अवस्थामा रहेको ‘माईला’ र पुजालाई ललितपुर ल्याउने तयारी हूँदा पोथी गैँडा ‘पुजा’ भने फुत्किएको थियो ।

‘पुजा’ लाई पनि केहीदिन पछि सदर चिडियाखानामा ल्याइने बताइएको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्