गभर्नर नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै

खबर बुक
  • ख-
  • ख
  • ख+

२० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा विश्वनाथ पौडेलको नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेशका लागि सुनुवाइ हुँदैछ।

उक्त रिट सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ संशोधनविरुद्धको रिटसँगै राखेर आज सुनुवाइ हुने भएको हो। 

गभर्नर नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले जेठ १४ गते कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो। 

गत जेठ १२ गते पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्