महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, जेठ १५ । सरकारले महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गर्ने घोषणा गरेको छ ।बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

गृहिणी महिलाको श्रम र सिपलाई साना तथा घरेलु उद्यमसँग जोड्न क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने भएको छ ।दुर्गमका रहेका गर्भवती महिलाहरूको उद्धारका लागि आवश्यक बजेटको व्यवस्था समेत गरिएको अर्थमन्त्रीले जानकारी दिए ।

महिलालाई रोजगारीसँग जोड्न सरकारले निःशुल्क उद्योग र कम्पनी दर्ता, र नवीकरण निःशुल्क गरेको हो । यसभन्दा अघि पनि सरकारले महिलाको नाममा निश्चित ठाउँ जस्तै औद्योगीक ग्राममा महिलाको नाममा उद्योग दर्ता गराउदा छुट दिनै आएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्