सुनको मूल्य तोलामा १५०० रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

१५ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला १५०० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेकाे छ। यसअघि बुधबार सुन प्रतितोला एक लाख ८९ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

यस्तै,आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतीतोला १० रुपैयाँले घटेर एक हजार ९९५ रुपैयाँमा किनबेच भइरहेको छ। यसअघि बुधबार चाँदी प्रतीतोला दुई हजार ५ रुपैयाँमा कारोबार भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्