लुम्बिनी प्रदेशसभामा आजवाट प्रि-बजेटमा छलफल हुने

खबर बुक
  • ख-
  • ख
  • ख+

बुटवल, १३ जेठ ।  लुम्बिनी प्रदेश सभा बैठक बस्दैँछ ।

सो बैठकमा आज दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । 

आजको बैठकमा आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तावित “प्रदेश विनियोजन विधेयक, २०८२” का सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसअघिको बैठकमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए, जसको छलफल आजवाट सुरू हुन लागेको हो ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्