लखनउ सुपर जाइन्टद्दारा गुजरात टाइटन्स पराजित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ९ जेठ । लखनउ सुपर जाइन्टले गुजरात टाइटन्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न आइपिएलको खेलमा लखनउले शिर्ष स्थानमा रहेको गुजरातलाई ३३ रनले पराजित गरेको हो ।

लखनउले दिएको २३६ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ९ विकेट गुमाउदै २०२ रन बनाएको थियो । गुजरातका लागि शाहरुख खानले सर्बाधिक ५७ रन बान्ये भने शेरफान रुदरफोर्डले ३८, कप्तान शुभमन गिलले ३५, जोस बटलरले ३३ र साई सुदर्शनले २१ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको लखनउले मिचेल मार्शको ११७ रनको शतकीय पारी र निकोलस पुरणको ५६ रनको पारीको सहयोगले २० ओभरमा २ विकेट गुमाउदै २३५ रन बनाएको थियो ।

प्लेअफको दौडबाट बाहिरिएको लखनउको यो जितपछि १३ खेलमा १२ अंक भएको छ र छैटौं स्थानमा रहेको छ ।

त्यस्तै हारका बाबजुत गुजरात १३ खेलमा १८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्