काठमाडौं । नेपाली बजारमा डेलाइट डेयरी ह्वाइटनर उपभोक्ताबीच लोकप्रिय बन्दै गएको छ। कम्पनीले चिया, कफी तथा मिठा परिकारहरूमा यसको प्रयोगबाट दैनिक जीवनमा स्वादिलो परिवर्तन ल्याउन सकिने जनाएको छ।
डेलाइट डेयरी ह्वाइटनरले दूधको भरपर्दो विकल्पका रूपमा आफुलाई स्थापित गर्दै आएको छ। यसको प्रयोगले चिया र कफीलाई मात्र होइन, खीर जस्ता मिठा परिकारहरूलाई पनि स्वादिष्ट र गाढा बनाउने कम्पनीको दाबी छ।
२५ ग्राम डेलाइट डेयरी ह्वाइटनरलाई १८० मिलिलिटर तातो पानीमा घोलेर बनाइएको दूधलाई उम्लिरहेको कालो चियामा मिसाउँदा स्वादिलो चिया सजिलै तयार हुन्छ। अदुवा, इलाइची र चिनी थपेर बनाइएको यो चिया गाढा, सुगन्धित र ताजगीपूर्ण हुने उल्लेख गरिएको छ।
इन्स्टन्ट कफी, डेलाइट डेयरी ह्वाइटनर र बरफको संयोजनले घरमै क्याफे(स्तरको चिसो कफी बनाउन सकिन्छ। ब्लेन्डरमा तयार पारिने यो पेयले स्वादसँगै ताजगी पनि दिन्छ। whipped क्रिम जस्ता सजावटले यसको आकर्षण झनै बढाउने कम्पनीको भनाइ छ।
चामल, चिनी, मसला र डेलाइट डेयरी ह्वाइटनरबाट बनेको दूधको मेलले बनाइने खीर स्वादिलो मात्र नभई झन् उत्सवमय हुने दाबी गरिएको छ। बदाम, पिस्ता जस्ता परिकारका सजावटले खीरलाई पारिवारिक भोजका लागि उपयुक्त बनाउने बताइएको छ।
कम्पनीले भनेको छ, डेलाइट डेयरी ह्वाइटनर केवल दूधको विकल्प होइन, यो दैनिक जीवनमा रमाइलोपन, मिठास र सहजताको स्रोत हो। यसको प्रयोगबाट परिकारहरू स्वादिलो मात्र नभई स्मरणीय पनि बन्ने कम्पनीको विश्वास छ।
उपभोक्ताहरूबाट सकारात्मक प्रतिक्रिया पाएको कम्पनीले आगामी दिनमा थप उत्पादन र रेसिपीमार्फत नेपाली बजारमा आफ्नो उपस्थिति अझ सशक्त बनाउने योजना बनाएको जनाएको छ।











