७ जेठ, काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले ५ सय र १ हजारको नयाँ नोट छाप्ने निर्णय गरेका छन्। आज नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहणपछि उनले ५ सय र १ हजारको नयाँ नोट छाप्ने पहिलो निर्णय गरेका हुन्।
मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको उल्लेख गर्दै साे नीति सरकारको वित्त नीतिको सहायक नभइ छुट्टै स्वतन्त्र नीति भएकाे बताए। साथै, उनले सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको बताउँदै त्यसलाई परिमार्जन गर्दै जाने जिकिर गरे।
गभर्नरका अर्का आकांक्षी राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा स्वीकृतिको विषय भने आन्तरिक भएको उनकाे भनाइ छ।











