युरोपा लिगको फाईनलमा म्यानचेस्टर र टोटोनह्यम

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ बैशाख । म्यानचेस्टर युनाइटेड र टोटनह्याम युइएफए युरोपा लिगको फाइनलमा पुगेका छन् ।

गए राती सम्पन्न सेमिफाइनलको दोस्रो लिगपछि म्यानचेस्टर युनाइटेड र टोटनह्याम फाइनलमा पुगेका हुन् ।

म्यानचेस्टर युनाइटेड दोस्रो लिगमा स्पेनिस क्लब एथलेटिक बिल्बाओलाई ४-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ७-१ को जितसहित फाइनलमा पुगेको हो ।

त्यस्तै टोटनह्यामले नर्वेको क्लब बोडोलाई २-० गोल अन्तरले पराजित गर्दै समग्रमा ५-१ को नतिजासहित फाइनलमा स्थान बनाएको हो ।

अब यस सिजनको युरोपा लिगको फाइनल खेल मे २१ मा स्पेनको बिल्बाओस्थित सान मामेज स्टेडियममा हुने भएको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्