पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ बैशाख । पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा आर्सनललाई २–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ३–१ को नतिजा सहित पिएसजी च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

यसअघि पहिलो लिगमा पिएसजीले आर्सनललाई १–० ले पराजित गरेको थियो ।

पिएसजीको जितमा फाबियन रुइज र अश्चरफ हाकिमीले एक एक गोल गरेका थिए । त्यसैगरी आर्सनलका लागि बुकाया साकाले एक गोल फर्काएका थिए ।

अब पिएसजीले च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानको सामना गर्ने छ । च्याम्पियन्स लिगको फाइनल खेल आगामी जुन १ मा म्युनिखस्थित एलिनाज एरिना स्टेडियममा हुने छ ।   

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्