१६ वैशाख, काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले जारी गर्ने भनिएको श्वेतपत्र अनिश्चित कालका लागि स्थगित भएको छ।
बर्खास्तमा परेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भए तथा गरेका काम र आर्थिक अवस्था देखाउन प्राधिकरणले श्वेतपत्र सार्वजनिक गर्ने तयारी गरेको थियो।
प्राविधिकले अर्को सूचना नआउँदासम्म कार्यकारी निर्देशकबाट श्वेतपत्र जारी गर्ने कार्यक्रम स्थगित गरिएको जानकारी दिइएको छ।
प्राधिकरणमा कुलमान बर्खास्तमा परेर नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आएसँगै प्राधिकरणको आर्थिक अवस्था जटिल रहेको सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन्।











