नेपाल सुपर लिग एनएसएलको फाइनल हेर्न दर्शकको बाक्लो भिड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख १३ । नेपाल सुपर लिग (एनएस) को फाइनल खेल जारी छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्सबीच फाइनल खेल भइरहेको हो ।

फाइनल हेर्नका लागि रंगशालामा उल्लेख्य संख्यामा दर्शकहरू पुगेका छन् । रंगशालामा भएको सबै प्यारापिट दर्शकले भरिएको छ । समर्थकहरूले विभिन्न सांस्कृतिक बाजागाजासहित खेलाडीको उत्साह बढाइरहेका छन् ।

ललितपुरले पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनल पुगेको हो भने पोखराले दोस्रो क्वालिफायरमा धनगढीलाई नै १–० ले हराएर पहिलो पटक फाइनलमा स्थान बनायो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्