काठमाडौं, १२ बैशाख । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा एक हजार रुपैयाँले घटेको हो।
बिहीबार तोलाको मूल्य १ लाख ९० हजार ६०० रुपैयाँ रहेको सुन शुक्रबार १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घट्दै तोलामा २ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी २ हजार १० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा परिवर्तन आएको हो।











