नेपाली क्रिकेट टिमका नयाँ मुख्य प्रशिक्षक स्टुअर्ट ल आज आइपुग्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाली पुरुष क्रिकेट टिमका नयाँ मुख्य प्रशिक्षक स्टुअर्ट ल आज राति काठमाडौं आइपुग्नेछन्। अस्ट्रेलियाली कोच स्टुअर्ट ल राति ८ बजे नेपाल अवतरण गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ।

स्टुअर्ट ललाई नेपाल टिमको मुख्य प्रशिक्षकको रूपमा गत चैत १४ गते नियुक्त गरिएको थियो। उनले भारतीय कोच मोन्टी देसाइको स्थान लिएका छन्। स्टुअर्ट लको नेतृत्वमा नेपालले हालै हङकङको भ्रमण गरेको थियो, जहाँ नेपाल चार देशीय टी– ट्वान्टी आई सिरिजको फाइनलमा कुवेतसँग पराजित भएको थियो।

५६ वर्षीय स्टुअर्ट लले आफ्नो करियरमा बंगलादेश, वेस्ट इन्डिज, श्रीलंका र अफगानिस्तानका मुख्य प्रशिक्षकका रूपमा काम गरेका छन्। उनले अमेरिकासम्मको प्रशिक्षकको रूपमा पनि अनुभव लिएका छन्। स्टुअर्ट ल र क्यानबीच दुई वर्षको सम्झौतामा हस्ताक्षर भएको छ।

उनको आगमनसँगै क्यानले टिम छनोटको लागि कोर क्याम्प आयोजना गर्न लागेको छ। आगामी भोलिदेखि २० वैशाखसम्म चल्ने यस क्याम्पमा ५२ खेलाडीलाई चार टिममा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ। यो क्याम्प मुलपानीको माथिल्लो र तल्लो मैदानमा हुने छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्