राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आवेदन म्याद थप

खबर बुक
  • ख-
  • ख
  • ख+

१० वैशाख, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले तोकिएको समयमा ऋणपत्र बिक्री नभएपछि वैशाख २१ गतेसम्म आवेदन म्याद थपेको छ।

यस अवधिमा ऋणपत्रमा मागभन्दा बढी आवेदन परे जुनसुकै दिन सूचना निकालेर आवेदन दिने म्याद सकिएको जानकारी गराइने बैंकले बताएको छ।

बैंकले वैशाख ७ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। प्रतिइकाइ १ हजार रुपैयाँको दरले २५ लाख इकाइ ऋणपत्र बिक्री खुला गरेको हो। 

यसमध्ये १५ लाख इकाइ बैंकले आफ्नै पहलमा प्राइभेट प्लेसमेन्ट गर्नेछ। बाँकी १० लाख इकाइमध्ये ५ प्रतिशत अर्थात ५० हजार इकाइ म्युचुअल फन्डलाई छुट्याइएको छ। ९ लाख ५० हजार इकाइमा सर्वसाधारणले आवेदन दिन सक्छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्