सुनको भाउ एकै दिन ६ हजार ९ सयले बढयो ताु्ेलामा २ लाख नजिक

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ९ बैशाख । नेपाली बजारमा सुनको भाउँ आज एकैदिन ६ हजार ९०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिन ६ हजार ९०० रुपैयाँ बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको हो ।

अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कारोबार भएको थियो ।

यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ । हिजो १ हजार ९६० रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।  
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्