राप्रपाका वरिष्ठ उपाध्यक्ष र महामन्त्रीलाई जिल्ला अदालतमा पेस, म्याद थप प्रक्रिया जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। राप्रपा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणासहित तीनकुने घटनामा पक्राउ परेका नेताहरूसँग सम्बन्धित छानबिन प्रक्रिया अघि बढाइएको छ।

शुक्रवार भएको तीनकुने घटनामा प्रहरीद्वारा नियन्त्रणमा लिएका यी नेताहरूसमेतलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा पेस गरेको हो।

पक्राउ परेकाहरूलाई सरकारी वकिलको कार्यालयमा म्याद थपको प्रक्रिया पुर्याउनका लागि लगिएको थियो, र अब उनीहरूको म्याद थपको प्रक्रिया अदालतबाट नै निर्णय हुने प्रक्रिया अघि बढाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्