प्रतिनिधिसभामा प्रधानमन्त्रीको खोजी, बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

खबर बुक
  • ख-
  • ख+

प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलले अवरुद्ध बनाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको निम्तोमा सत्तारुढ गठबन्धनको बैठक बालुवाटार निवासमा भइरहेको छ।

नेकपा माओवादी केन्द्रलगायतका विपक्षी दलले नेपाल प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गर्नुपरेको कारण प्रधानमन्त्रीले दिनुपर्ने माग भइरहेका बेला बालुवाटारमा सत्तारुढ दलको बैठक बसिरहेको हो।

सरकारले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएकोमा विपक्षी दलले प्रधानमन्त्री ओलीबाट जवाफ नदिँदासम्म संसद् चल्न नदिने बताएपछि आधा घन्टाका लागि स्थगित छ।आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित छन्।

बालुवाटार बैठकमा चैत १५ मा हुने भनिएको राजावादीको आन्दोलन र नेकपा माओवादी केन्द्रसहितका दलको विरोध प्रदर्शन, टिआरसीलगायत विषयमा छलफल भइरहेको बुझिएको छ।

सत्तारुढ दलको बैठक मंगलबार बोलाइए पनि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित हुँदा स्थगित भएको थियो। आजको बैठकमा भने उपेन्द्र उपस्थित छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्