म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , चैत १ । म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा स्पेनिस क्लब रियल सोसियडाडलाई ४-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-२ को नतिजासहित म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा पुगेको हो । यस अघि पहिलो लिग १-१ गोलको बराबरीमा सकिएको थियो ।

यस खेलमा म्यानचेस्टर युनाइटेडको जितमा ब्रुनो फर्नानडेजले ह्याट्रिक गरेका थिए भने डिओगो डलोटले एक गोल गरेका थिए । त्यस्तै रियल सोसियडाडका लागि मिकेल ओयारजाबालले एक गोल गरेका थिए । त्यस्तै यस खेलमा खेलको ६३औं मिनेटमा जोन आरामबुरुले रातोकार्ड पाएपछि रियल सोसियडाड १० खेलाडीमा समिति भएको थियो ।

अब क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडले फ्रेन्च क्लब लियोनको सामना गर्ने छ । क्वाटरफाइनलका खेलहरु पहिलो लिग अप्रिल १० र दोस्रो लिग अप्रिल १७ मा हुने छ ।
            

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्