सुनकाे भाउ ९ सय रुपैयाँले बढ्याे

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , फागुन २१ ।  सुनको भाउ आज ९ सय रुपैयाँले बढेको छ ।

सुनको भाउ ९ सय रुपैयाँले बढेर ताेलाकाे १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो सुनकाे भाउ तोलामा १ हजार ४ सय रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर ताेलाकाे १ हजार ९ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्