सुनको भाउ एकैदिन दुई हजार दुई सय रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

 काठमाडौं, १६ फागुन । सुनको भाउमा आज एकैदिन दुई हजार दुई सय रुपैयाँले घटेको छ ।

सुनको भाउ दुई हजार दुई सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । गएको मङ्गलवार फागुन १३ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ३० रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्