काठमाडौं, ८ फागुन । सेयर बजारमा सामान्य अंकको सुधार आएको छ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.१४ अंकले बढेर २७४३.७४ बिन्दुमा रोकिएको छ।
बुधबार बजार बन्द थियो भने मंगलबार नेप्से १२.६८ अंकले बढेर २७४०.५९ बिन्दुमा रोकिएको थियो। सोमबार नेप्से २९.८७ अंकले बढेर २७२७.९१ बिन्दुमा बन्द हुँदा आइतबार पनि १९.५६ अंकले बढेर २६९८.०३ बिन्दु कायम भएको थियो।
बिहीबार नेप्सेमा कुल ८ अर्ब ६२ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार नेप्सेमा १० अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने सोमबार ९ अर्ब ८९ करोड र आइतबार ९ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। बिहीबार कारोबारमा आएकामध्ये ८१ कम्पनीको सेयर मूल्य बढ्दा १५८ कम्पनीको घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशत, विन नेपाल लघुवित्तको ९.६९ प्रतिशत र अप हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.१४ प्रतिशतले बढेको छ।
यस्तै, आज बाराही हाइड्रोवावरको सेयर मूल्य भने ८.३५ प्रतिशतले घटेको छ। बिहीबार जीवन बिमा समूह २.४२ प्रतिशत र निर्जीवन बिमा समूह ०.६४ प्रतिशतले उकालो लाग्दा अन्य समूह घटेका छन्।











