सुनको भाउ तोलामा एक लाख ७१ हजार रूपैयाँ पुग्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ, फागुन ८ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर तोलामा एक लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर एक हजार नौ सय ९५ रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ८५ रुपैयाँ रहेको थियो । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्