इजरायल रोजगारी, पहिलो चरणमा छानिएका १ हजारमध्ये १३ जना उडे

खबर बुक
  • ख-
  • ख
  • ख+

७ फागुन, जनकपुरधाम । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयरगिभर) मा पहिलो चरणमा छानिएका १ हजारमध्ये पहिलो चरणमा २ पुरुष र ११ महिला गरी १३ जना इजरायल उडेका छन्।

प्यालेस्टिनी अतिवादी समूह हमाससँग द्वन्द्व सुरु भएपछि रोकिएको इजरायलमा केयरगिभर पठाउने प्रक्रिया सुरु भएको हो।

इजरायलका लागि योग्यता पुगेर छानिएका ३ हजार ४६१ जनाको सूचीबाट लक्की ड्रका आधारमा २ हजार ११२ जना छानिएका थिए। पहिलो चरणमा १ हजारलाई पठाइने वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले सरकारी संयन्त्रमार्फत श्रमिक पठाइएको जानकारी दिए। उनले भने, ‘जीटूजीमार्फत श्रमिक पठाइरहेका छौं। यसलाई आकर्षक गन्तव्यका रूपमा लिइएको छ। यो राम्रो अवसर हो।’ खत्री स्वयं पहिलो समूहलाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्