सुनचाँदीको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १४ माघ । सुनको भाउ तोला आज तोलामा  तीन सय रुपैयाँले घटेको छ ।

सुन आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार चार सय रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ६५ रुपैयाँ रहेको थियो । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्