काठमाडौं, माघ १० । संकटा फुटबल क्लब सभापति कप फुटवलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो । पराजित भएसंगै चर्च ब्वाइज पहिलो खेलबाट बाहिरिएको छ । संकटालाई जित दिलाउन अबेक रिर्चडले दुई र ले एक गोल गरे ।
खेलको २३औं मिनेटमै रिचर्डले संकटालाई सुरुआती अग्रता दिलाए । ७० औं मिनेटमा रिचर्डले संकटाको अग्रता दोव्वर पारे । त्यसको तीन मिनेटपछि नै चन्दन दासले गोल गर्दै संकटाको अग्रता ३–० मा पुराएका थिए । प्रतियोगीता अन्तर्गत शुक्रबार पुलिस क्लव र बागमति क्लवबीच खेल हुने छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा सुरु प्रतियोगीतामा आयोजकका तर्फबाट बागमती प्रदेशसहित मच्छिन्द्र क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, फ्रेन्ड्स क्लब, ब्वाइज युनाइटेड र सङ्कटा क्लब सहभागी छन् ।
प्रतियोगिताको विजेताले २६ लाख तथा उपविजेता टोलीले १३ लाख पुरस्कार पाउने नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले जनाएको छ ।












