८ माघ, काठमाडौं ।नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँ बढेको हो।
मूल्य बढेसँगै मंगलबार सुनको भाउ प्रतितोला १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार १ लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य बढेको छ। सोमबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ।











