काठमाडौं, माघ २ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मुल्य बढाएको छ । निगमका अनुसार डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढेको हो । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको हो
निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट बुधबार पेट्रोलमा २।२४ र डिजेलमा ३।५५ ले बढेर आएको छ ।











