३ दिनमा ५९ अंकले घट्दै २५९४ बिन्दुमा नेप्से

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, पुष २८ । लगातार तीन दिनको गिरावटपछि नेप्से २५९४ बिन्दुमा खुम्चिएको छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार १८.१४ अंकले घटेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अघिल्लो कारोबार दिन आइतबार २५.४१ अंकले घटेको थियो। 

सोमबार पनि नेप्से १५.५४ अंकले घटेसँगै नेप्से २५९४.१३ बिन्दुमा सीमित भएको छ। पछिल्लो तीन कारोबार दिन लगातार ओरालो लाग्दै नेप्से ५९ अंकले घटेको छ। 

सोमबार नेप्सेमा कुल ६ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन सोमबार ३ अर्ब ९४ करोड र गएको बिहीबार ७ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। 

सोमबार कारोबारमा आएकामध्ये ६३ कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनीको घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ। 

आज बाराही हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्