हेटौंडामा जुवा खेलिरहेका ३३ जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं  :  गएराति हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरबाट जुवा खेलिरहेका ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गएराति जुवा खेलिरहेका ३३ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कर्याालय मकवानपुरले जनाएको छ । नवलपुरको तल्लो तालमा कौडा खेलिरहेको समयमा गएराति पौने १२ बजे ३३ जनालाई फक्राउ गरिएको हो ।

उनीहरुको साथबाट प्रहरीले ७३ हजार रुपैयाँ नगद रकम समेत बरामद गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन । पैसा हारजित हुनेगरी कौडा खेलिरहेको भन्ने सुराकीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्