काभ्रेको बनेपाका मुकेश कायस्थको परिवारले एक वर्षपछि राज्यबाट सुविधा पाउने

खबर बुक
  • ख-
  • ख+

काभ्रेको बनेपाका मुकेश कायस्थको परिवारले एक वर्षपछि राज्यबाट सुविधा पाउने भएको छ ।

दोस्रो जनआन्दोलनमा घाइते भएर १७ वर्षसम्म अर्धचेत रहेका बनेपा नगरपालिका–८ का ३२ वर्षीय मुकेशको उपचारकाक्रममा अघिल्लो वर्ष वैशाख २७ गते निधन भएको थियो ।निधनपछि २०८० साल जेठ २ गते मुकेशलाई तत्कालीन सरकारले शहीद घोषणा गरेको थियो । तर मुकेशको परिवारले सरकारबाट पाउने सुविधा पाउन सकेको थिएन ।

मुकेशको परिवारले गृहमन्त्री रमेश लेखकलाई भेटी आफूले राज्यबाट पाउनुपर्ने सुविधाबाट बञ्चित भएकोबारे जानकारी गराएपछि सरकारको तर्फबाट शहीदले पाउनेसरह सबै सुविधा उहाँको परिवारले पाउने भएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्