
नेपाल विद्युत् प्राधिकरणले रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनबाट सेवा दिन सुरु गरेको छ ।
मंगलबार ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले चार्जिङ स्टेसनको उद्घाटन गर्नुभएको हो । चार्जिङ स्टेसनबाट एकै पटक तीन वटा सवारी चार्ज गर्न मिल्ने प्राधिकरणले जनाएको छ भने एउटा स्टेसन बनाउन करिब ९० लाख रुपैयाँ खर्च हुने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिनुभएको छ ।
देशका विभिन्न ५१ वटा ठाउँमा पनि चार्जिङ स्टेशन निर्माण भइरहेको प्राधिकरणाले जनाएको छ । प्राधिकरणका अनुसार मुलुका बिभिन्न राजमार्गका साथै मुख्य बसपार्क र अन्य आवश्यक देखिएका स्थानमा समेत चार्जिङ स्टेशन थप गर्दै लैजाने योजना रहेको छ ।