आज विश्व हात धुने दिवस

खबर बुक
  • ख-
  • ख+

आज विश्व हात धुने दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

‘हातको स्वच्छताका लागि विश्वव्यापी ऐक्यबद्धता’ नाराका साथ यो दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २००८ अक्टोबर १५ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।

दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिनुभएको छ । कोभिड–१९ प्रकोप अझै रहेकाले तीनै तहका सरकार, विभिन्न सामाजिक संस्था र निजी क्षेत्रले सञ्चालन गरिरहेको हातको सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रपति भण्डारीले साबुनपानीले हात धुँदा श्वासप्रश्वासजन्य रोग एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, जीवाणु एवं विषाणुद्वारा लाग्ने रोगबाट बच्न सकिने बताउनुभएको छ । उहाँले सबै नेपालीले हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन पनि आह्वान गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्